सुजुकी “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
पाेखरा | फागुन २७, २०७९
पोखरा: सुजुकी ब्राण्डका दुई नयाँ एसयूभि “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक गरिएको छ ।
नेपालका लागि सुजुकी ब्राण्डका चारपाङ्ग्रे गाडीको गण्डकी, धौलागिरीको आधिकारीक वितरक बतास ब्रदर्स प्रा.लिले शुक्रबार नयाँजबारस्थित सोरुममा पत्रकार सम्मेलन आयोजना गरी गाडीलाई सार्वजनिक गरेको हो ।
समारोहका प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ तथा विशेष अतिथि गण्डकी यातायात कार्यालयका प्रमुख डिल्लिराम रिजालले सार्वजनिक गरेका हुन् ।
कर्याक्रममा दुबै गाडीको मूल्य पनि सार्वजनिक गरिएको छ । शुभरम्भको अवसरमा गाडीहरुमा ३ लाख सम्मको छुटको व्यवस्था गरिएको छ । “द ग्राण्ड भिटारा” सुकुजीको एक बहुप्रतिष्ठित मोडेलको गाडी हो । यसमा आफ्नै क्राफ्टेड फुटुरिज्म डिजाईन ल्याङ्ग्वेजको प्रयोग गरिएको छ । यसको अरुभन्दा फरक बाहिरी लुक्स र प्रिमियम इन्टेरियर प्रदान गरेको छ ।
सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजिले यस एसयूभिको अफ रोड क्षमता उच्च रहेको छ । ग्राण्ड भिटारामा पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाईब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।
पूरानो संस्करणको भिटारा ब्रेजा नेपालकै सर्वाधिक बिक्री हुने एसयूभि हो । यसमा अत्याधुनिक प्रविधि र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु राखिएको छ । यो स्पोर्टि एसयूभिले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाईन, शक्तिशाली पर्फरमेन्स, उन्नत सुरक्षाका सुविधा दिने कम्पनीले जनाएको छ । नयाँ ब्रेजामा हाई टेक सुविधाहरु रहेका छन् । यो गाढी शहर र बाहिरका सडकहरुका लागि उपयुक्त मानिएको छ ।
अहिलेको प्रतिष्पर्धि बजारमा एसयूभि सेग्मेन्टका यी दुई गाडीको उपस्थितिले अझैं मजबुत बनाउने कम्पनीको विश्वास रहेको छ । बतास ब्रदर्सका सिओओ राजेश रानाभाट तथा सुकुकी सेल्स म्यानेजर नवराज अधिकारीले पछिल्लो समयमा नेपाली बजारमा एसयूभिको माग उच्च रहेको बताए ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

